
काठमाण्डू, ८ चैत– प्रहरीले रौतहट माध्यामीक शिक्षा परीक्षमा (एसईई) परीक्षमा चिट चोराउने र सहयोग गर्ने २ जना व्यक्तिलाई पक्राउ गरेर कारबाही सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक दीपककुमार रायका अनुसार रौतहटको यमुनामाई माध्यामिक विद्यालय परीक्षा केन्द्रमा परीक्षार्थीबाट रकम लिएर परीक्षा केन्द्रमा मोबाइल प्रवेश गराउने परीक्षा नियन्त्रक र लक्ष्मिनिया मावि मौलापुरमा चिट पुर्याउने एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूको नाम भने प्रहरीले गोप्य राखेको छ । पक्राउ परेकाहरूलाई अदालतबाट अनुमति लिएर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ । एसइईको पहिलो दिन मधेस प्रदेशका रौतहट, धनुषा लगायतका जिल्लामा परीक्षाको मर्यादा भङ्ग भएका भिडियो र तस्बिरहरू नै सार्वजनिक भएका छन् ।