गणतन्त्रको पक्षमा एमालेले घोषणा गर्‍यो जनप्रदर्शन र विशेष सभा

काठमाण्डु टुडे २०८१ चैत ६ गते १८:१० मा प्रकाशित

काठमाण्डू, ७ चैत– सत्ता घटक दल एमालले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न भन्दै देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

मुलुकमा भइरहेका प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्न भन्दै एमालेले जनसचेतना अभियान घोषणा गरेको एक नेताले जानकारी दिएका छन । अभियान अन्तर्गत, एमालेले यही चैत ११ गते एकैदिन एकै समय देशैभर सबै वडामा सचेतना कार्यक्रम गर्ने बताएको छ ।

तीनमहिने वडाकेन्द्रित अभियान चलाइरहेको एमालेले चैत ११ गतेदेखि ३० गतेसम्म सबै प्रदेश र जिल्लामा प्रतिगामी हर्कतविरूद्ध जनपरिचालन, जनसचेतना कार्यक्रम आयोजना गर्ने भएको हो ।

सोही क्रममा चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटर साइकल र्‍याली आयोजना गरिने बताइएको छ । सोही दिन सबै जिल्लामा जिल्लास्तरीय जागरण सभा आयोजना गर्ने एमालेले बताएको छ । तयस्तै, चैत २४ देखि ३० गतेसम्म बागमती बाहेकका सबै प्रदेशमा विशेष प्रदर्शन र जनसभा गर्ने बताइएको छ ।

धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा प्रदर्शन र जनसभा हुने एमालेले बताएको छ । प्रदेश तहमा हुने विशेष सभामा पार्टी केन्द्रबाट वक्ता पठाइने र जिल्ला तहको सभाका लागि आवश्यक परेका ठाउँमा त्यस्तो व्यवस्था गरिने एमालेले जानकारी गराएको छ ।

एमाले महासचिव शंकर पोखरेलले सबै प्रदेश र जिल्ला कमिटीका अध्यक्षहरूलाई उक्त कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयनमा लैजान निर्देशन समेत दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us