बबरमहलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाण्डु टुडे २०८१ चैत ६ गते १५:३४ मा प्रकाशित

काठमाण्डू, ७ चैत– काठमाण्डू महानगरपालिका–११ बरबरमहल चोक नजिक मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुरको थिमि बस्दै आएका खोटाङ घर भएका २६ वर्षीय इसान राई रहेको प्रहरीले जानकारी दिएको छ ।

बा–८६ प ९०४० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बुधबार राति दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक भक्तपुरको थिमि बस्दै आएका खोटाङ घर भएका २६ वर्षीय इसान राईको मत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

गम्भीर घाइते उनलाई उपचारका लागि अन्नपूर्ण न्यूरो अस्पताल माइतीघर लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us