प्रभु साहले गरे ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम बहिष्कार

काठमाण्डु टुडे २०८१ चैत ६ गते १३:४४ मा प्रकाशित

काठमाण्डू, ७ चैत– आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम बहिष्कार गरेका छन । यसअघिकै प्रश्नोत्तर कार्यक्रममा आफूले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्रीबाट नआएको भन्दै सांसद साहले यसलाई औचित्यहीन भएको भन्दै बहिष्कार गरेका हुन ।

आजकै बैठकमा बोल्ने क्रममा उनले कार्यसूचीबाटै ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम हटाउन आग्रह गर्दै बहिष्कार गर्ने चेतावनी दिएका थिए । तर, माग सम्बोधन नभएपछि साहले बैठक बहिष्कार गरेका हुन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको कार्यसूचीमा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम राखिएको छ । प्रधानमन्त्रीबाट जवाफ नआउनुले सिंगो संसद्, सभामुखको गरिमामा समेत प्रश्न उठेको उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us