सरकारले पूर्वराजालाई शाही निसान प्रयोग नगर्न भन्नुपर्‍योः रामहरि खतिवडा

काठमाण्डु टुडे २०८१ चैत ६ गते १३:३१ मा प्रकाशित

काठमाण्डू, ७ चैत– कांग्रेस सांसद रामहरि खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय झन्डाको अपमान गरेको दाबी गरेका छन । आज बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद खतिवडाले यस्तो बताएका हुन ।

उनले सरकारले पूर्वराजा ज्ञानेन्द्रलाई शाही निसान प्रयोग नगर्न भन्नुपर्ने पनि बताएका छन । कांग्रेस सांसद खतिवडाले भने, ‘फागुन ६ गते दिएको भिडियो सन्देशमा श्री ५ महाराजधिराज भनेर उल्लेख गरिएको र शाही निसान प्रयोग गरेको देखियो ।’

यस्तो अधिकार पूर्वराजा ज्ञानेन्द्रलाई नरहेको उनले बताए । उनले भने, ‘यो शाही निसान २०६५ साल जेठ १७ गते हटाएर राष्ट्रिय झन्डा राखिएको थियो ।

र नेपालको संविधानमा कहीँ पनि श्री ५ महाराजधिराज भन्ने उल्लेख छैन । त्यसले श्री ५ महाराजधिराज भन्ने र शाही निसान राख्नेप्रति घोर आपत्ति छ र सरकारले त्यस्ता कार्य नगर्न, संविधान नमिच्नका लागि आग्रह गरोस् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us