
काठमाण्डू, ६ चैत– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमत ल्याउन कुनै न कुनै पार्टीसँग मिल्नु पर्ने बाध्यता रहेको बताएका छन ।
आज (बुधबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति देउवाले यस्तो बताएका हुन । सभानपति देउवाले संविधानमा रहेको व्यवस्थाका कारण कुनै एक दलले बहुमत ल्याउन नसक्ने बताएका छन ।
उनले संविधानको यही व्यवस्थाको कारण धेरै मिहिनेत गर्दा पनि कांग्रेसले बहुमत ल्याउन नसकेको दाबी गरेका छन । सभापति देउवाले भने, ‘कुनै पनि पार्टीको बहुमत आउन धेरै गारो छ ।
त्यसैले कुनै न कुनै पार्टीसँग मिल्नुपर्ने आवश्यकता छ, ‘त्यसैले हाम्रो पार्टीले धेरै मिहिनेतका बाबजुद सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको छ । तर, बहुमत ल्याउन सकेको छैन ।’
उनले कुनै पनि दलको बहुमत नआउनुमा पार्टीको दोष नभई संविधानमा रहेको व्यवस्थालाई कारण बताएका छन । तै पनि जुझारु भएर बहुमत ल्याउने प्रयत्न गर्नुपर्ने उनले बताएका छन ।