बाख्रा चराउँदै गर्दा लडेर एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ चैत ५ गते १६:२२ मा प्रकाशित

काठमाण्डू, ६ चैत– जाजरकोटकोमा बाख्रा चराउन जाने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जाजरकोटको बारेकोट गाउँपालिका–३ पछ्याउरीका ५९ वर्षीय खडक डाँगीको बाख्रा चराउने क्रममा लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घर नजिकैको जङ्गलमा बाख्रा चराउने क्रममा मङ्गलबार उनी लडेर घाइते भएका थिए । घाइते डाँगीलाई उपचारका लागि आधारभूत अस्पताल लिम्सा ल्याउँदै गर्दा आज बिहान बाटोमै मृत्यु भएको बारेकोट गाउँपालिका–३ का वडाध्यक्ष रामबहादुर सिंहले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us