२४ चैतमा सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाण्डु टुडे २०८१ चैत ५ गते १४:५४ मा प्रकाशित

काठमाण्डू, ६ चैत– सरकारले आगमी २४ चैतमा सार्वजानिक बिदा दिने निर्णय गरेको छ । गत समोमबार बसेको मन्त्रीपरिषद्को बैठकले आगामी २४ मा सार्वजनिक बिदा दिने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन ।

त्यस्तै बैठकले नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा ४१ बमोजिम नेपाल सरकारको आर्थिक वर्ष ०८०–८१ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गने निर्णय गरेको छ ।

बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले विश्व बैंकमार्फत विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने अनुदान्न सहायता प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने, ऋण असुली न्यायधिकरणको बैंकिङ्ग सदस्य पदमा नरेशराज अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us