सहकारी सञ्चालक जेलमै राखिए बचत फिर्ता हुन्न: सूर्य थापा

काठमाण्डु टुडे २०८१ चैत ५ गते १३:४४ मा प्रकाशित

काठमाण्डू, ६ चैत– एमाले सांसद सूर्य थापाले सहकारी संचालकलाई जेल, हिरासत, थुना र पूर्पक्षमा राखेर बचतकर्ताको रकम फिर्ता गर्न कठिन हुने बताएका छन् ।

आज बुधबार बसेको प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै एमाले सांसद थापाले यस्तो बताएका हुन । सांसद थापाले विभिन्न शर्त राखेर सञ्चालकहरूलाई सहकारी चलाउने वातावरण बनाउनुपर्ने प्रस्ताव राखेका छन । उनले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै थापाले सहकारी सञ्चालकलाई ऋण असुली गर्ने र बचत फिर्ता गराउनका लागि थुनामुक्त गराउनुपर्ने पनि बताएका छन ।

उनले भने, ‘अहिले मुद्दा मामलामा जेलमा, थुनामा, पूर्वपक्षमा रहेका व्यक्तिहरूलाई यही स्थितिमा राखेर बचतकर्ताको बचत फिर्ता हुन्न ।’ सहकारी ठगीको छानबिन गर्न गठित प्रतिनिधिसभाको संसदीय समितिका संयोजकसमेत रहेका थापाले राम्रो प्राणाली बनाउन खोज्दाखोज्दै संसदीय समितिले गरेको सिफारिसलाई जायज रुपमा आत्मसाथ नगरिएको हो कि भन्ने अनुभूति भएको पनि उनले बताएका छन । जेल, थुना वा हिरासतमा रहेका सहकारी संचालकलाई बचत फिर्ता गर्नका लागि समय दिनुपर्ने र त्यसका लागि थुनामुक्त गर्नुपर्ने थापाको भनाइ थियो ।

त्यसका लागि सहकारीका सञ्चालकको राहदानी रोक्नुपर्ने, एकाघरका सदस्यसमेतको नाममा रहेको अचल सम्पत्ति र बैंक खाता रोक्का गर्नुपर्ने, यात्रा अनुमती रोक्का राख्नुपर्ने, सहकारीको मुख्य कार्यालय रहेको सहर बाहिर जानुपर्दा अनुमति लिनुपर्ने लगायतका कानुनी व्यवस्था राख्नुपर्ने उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us