
काठमाण्डू, ६ चैत– त्रिभुवन विश्वविद्यालय अन्तर्ग हिजो (मंगलबार) भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।
पछिल्लो मत परिणाम अनुसार सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) अग्र स्थानमा रहेको छ । जसअनुसार नेविसंघले ९९ कलेजको स्ववियु अध्यक्ष जितेको छ ।
कतिपय कलेजहरूमा नेविसंघको पुरै प्यानल नै निर्वाचित भएको छ । दोस्रो नम्बरमा रहेको एमाले निकंट अनेरास्ववियुले हालसम्म ८६ कलेजमा स्ववियु अध्यक्ष जितेको छ । त्यस्तै तेस्रो नम्बरमा रहेको माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले ७३ कलेजको स्ववियु अध्यक्ष जितेको बताइएको छ ।