
काठमाण्डू, ५ चैत–परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटेकी छन् ।
राइसिना डायलगको लागि भारतको दिल्ली पुगेकी परराष्ट्रमन्त्री राणाले भारतीय समकक्षी जयशंकरसँग भेट गरेकी हुन् ।
भेटमा नेपाल र भारतको दुई पक्षीय सम्बन्धका बारेमा चर्चा गरे । दुई देशका विदेशमन्त्रीको भेटलाई महत्वका साथ हेरिएको छ ।
पछिल्लो समय नेपालमा भइरहेका राजनीतिक गतिविधिहरूका बारेमा पनि भेटमा छलफल भएको बताइएको छ । न्युज एजेन्सी नेपाल