उर्लाबारी क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका आचार्य विजयी

काठमाण्डु टुडे २०८१ चैत ४ गते १७:०६ मा प्रकाशित

काठमाण्डू, ५ चैत– मोरङको उर्लाबारी बहुमुखी क्याम्पस मोरङ्गको स्ववियु अध्यक्षमा नेविसंघका उम्मेदवार पोषण आचार्य निर्वाचित भएका छन ।

आचार्य सर्वसम्मत रुपमा स्ववियु अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिकी संयोजक अम्बिका गौतमले जानकारी दिएकी छन । यस्तै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको तर्फबाट अध्‍यक्षबका उम्‍मेदावर गौतमबुद्ध तामाङ र अनेरास्ववियु (क्रान्तिकारी) को तर्फबाट दिपेन्द्र बराईली अध्यक्षका उम्‍मेदवार थिए ।

यसअघि उक्त क्याम्पसमा नेविसंघका विवेक कार्की स्ववियु अध्यक्षमा निर्वाचित भएका थिए । त्यतिबेला कार्कीसँगै नेविसंघले प्यानलै विजयी भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us