मोरङको आगलागीमा परेका भनिएका बालक सकुशल भेटिए, एकको मृत्यु

काठमाण्डु टुडे २०८१ चैत ४ गते १५:२५ मा प्रकाशित

काठमाण्डू, ५ चैत– मोरङको धनपालथान गाउँपालिकामा आगलागीका क्रममा बेपत्ता भनिएका बालक सकुशल अवस्थामा फेला परेका छन । एक जना बालिकाको भने जलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यलय मोरङले जानकारी दिएको छ ।

धनपालथान– ६ को कदमा गाउँमा मंगलबार दिउँसो सुरु भएको आगलागीमा परी दुई बालबालिकाको मृत्यु भएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ ।

तर, आगलागीमा परेको भनिएका बालक सम्पर्कमा आएको मोरङ प्रहरी प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले जानकारी दिएका छन । अनित मियाकी ४ वर्षीय छोरी रेश्मा खातुनको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । आगलागीमा परेको भनिएका अर्का ६ वर्षीय बालक अर्शद अली सम्पर्कमा आएका हुन् ।

उनी अनितका छोरा रहेको प्रहरीले जानकारी दिएको छ । घटनास्थल पुगेर फर्किएका मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार बालक घर नजिकै बारीमा फेला परेका हुन ।

उनको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार आज दिउँसो सुरु भएको आगलागीमा परी ९ वटा घर जलेका छन् । आगो लगभग नियन्त्रणमा आएको डिएसपी जोशीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us