मनहरीमा बसको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

काठमाण्डु टुडे २०८१ चैत ४ गते १३:५६ मा प्रकाशित

काठमाण्डू, ५ चैत– मकवानपुरको मनहरी गाउँपालिका–६ भुलचोकमा बसले स्कुटरलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटरमा सवार भरतपुर महानगरपालिका–२ क्षेत्रपुर निवासी २८ वर्षीय आकाश बरामु रहेको जिल्ला प्रहरी कार्यलय मकावानपुरले जानकारी दिएको छ ।

चितवनबाट हेटौंडातर्फ आइरहेको बा–४ख ५५८२ नम्बरको बसले मनहरीबाट चितवनतर्फ जाँदै गरेको बा–प्र–०६–००२ प ४२३३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार बरामुको मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा सुनसरीको इटहरी उपमहानगरपालिका–७ का २८ वर्षीय बुद्ध लामा घाइते भएको पनि प्रहरीले जानकारी दिएको छ । उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ । साथै दुर्घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us