काठमाण्डू, ५ चैत– मोरङको धनपालथान गाउँपालिकामा आगलागी हुँदा जलेर दुई बालबालिकाको मृत्यु भएको छ । मोरङको धनपालथान–६ को कदमा गाउँमा मंगलबार दिउँसो सुरु भएको आगलागीमा परी दुई बालबालिकाको मृत्यु भएको स्थानीयलाई उदृत गर्दै प्रहरीले जानकारी दिएको छ ।
मृतक बालबालिकाको अहिले सम्म परिचय भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यलय मोरङले जानकारी दिएको छ । आगलागीका कारण हालसम्म ८ घर जलेर नष्ट भइसकेको पनि प्रहरीले जानकारी दिएको छ ।
चर्को घाम र हावाहुरीका कारण आगलागी नियन्त्रणमा समस्या भएको मोरङ प्रहरीका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिएका छन । अहिले आगलागी नियन्त्रणको प्रयास भइरहेको पनि उनले जानकारी दिएका छन ।