जब आरआर क्याम्पस बाहिर विद्यार्थीले विरोध स्वरुप मतदान गरे…

काठमाण्डु टुडे २०८१ चैत ४ गते १२:१५ मा प्रकाशित

काठमाण्डू, ५ चैत– आरआर क्याम्पस अगाडि विद्यार्थीहरूले विरोध स्वरुप मतदान गरेका छन । एमाले निकट विद्यार्थी संगठनले अन्तिम समयमा ताला लगाएपछि चुनाव स्थगित भएको थियो ।

चुनाव गराउन माग राखेर सांकेतिक विरोध स्वरुप सडकमा नै मतपेटिका राखेर मतदान गरेको स्ववियुका उम्मेदवार समेत रहेका संगम राईले जानकारी दिएका छन ।

उनले भने, ‘हामीले क्याम्पस अगाडि सडकमा नमूना मत मेटिका बनाएर मत हाल्यौं । हाम्रो मागलाई सम्बोधन गर्न भनेका छौं । मतपेटिकाको सुरक्षा गर्न प्रहरी प्रशासनलाई भनेका छौं ।’ आजका लागि तोकिएको चुनाव एमाले निकट अनेरास्ववियुले ताला लगाएपछि स्थगित भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us