२५ करोड नगदसहित काठमाण्डूबाट एक जना पक्राउ

काठमाण्डु टुडे २०८१ चैत ४ गते ११:५० मा प्रकाशित

काठमाण्डू, ५ चैत– प्रहरीले काठमाण्डूबाट २५ करोड रुपैयाँ नगदसहित एक जनालाई पक्राउ गरेको छ । काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाण्डूको टोखा झोर क्षेत्रबाट एक जनालाई उक्त रकमसहित पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

‘एक जनालाई २५ करोडसहित पक्राउ गरेका छौं । यसबारे थप अनुसन्धान हुँदैछ’ अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले भने । यसबारे विस्तृत विवरण पत्रकार सम्मलेन गरेर जानकारी दिने प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us