अछाम, ५ फागुन– अछाम केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ ।
अछामको बाटुलासेन केन्द्रविन्दु भएर बिहान साढे ६ बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का अछामसहित आसपासका जिल्लाहरु सुर्खेत, दैलेख, कालिकोट, जुम्ला , मुगु र बाजुरासम्म महसुस भएको थियो ।
अछाम प्रहरीका अनुसार यो समाचार तयार पार्दासम्म भूकम्पबाट कुनै क्षति भएको सूचना प्राप्त भएको छैन ।