दीपक थापा प्रहरी महानिरीक्षक नियुक्त

काठमाण्डु टुडे २०८१ चैत ३ गते १९:५६ मा प्रकाशित

काठमाण्डू, ४ फागुन– दीपक थापा नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त भएका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले अतिरिक्त महानिरीक्षक थापालाई प्रहरीको ३१औँ महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर ३० वर्षे सेवाहदका कारण अवकाशमा गएपछि रिक्त पदमा थापाको नियुक्ति भएको हो ।

थापासँगै एआर्इजीद्वय सुदीप गिरी र टेकबहादुर तामाङ प्रहरी महानिरीक्षकको प्रतिस्पर्धामा थिए ।

थापा २९ भदौ २०५२ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । थापा ३० वर्षे पदावधिका कारण आगामी २८ भदौ ०८२ सम्म अर्थात ६ महिना प्रहरी नेतृत्वमा रहनेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us