कविता लेख्दै प्रधानमन्त्रीले खोजे ‘भाइमारा र मूर्ति चोर’

काठमाण्डु टुडे २०८१ चैत ३ गते १७:२६ मा प्रकाशित

काठमाण्डू, ४ चैत– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादी शक्तिहरूको गतिविधि केन्द्रित कविता सुनाएका छन् ।

आज (सोमबार) मदन भण्डारी कला साहित्य प्रतिष्ठानले गरेको हिमवत् खण्ड कला–साहित्य–संस्कृति सम्मिलनलाई समापन गर्दै प्रधानमन्त्री ओलीले कविता सुनाएका हुन् ।

कवितामा प्रधानमन्त्री ओलीले ‘हराएको मूर्ति खोजी भइरहेको, भाइमाराको खोजी भइरहेको’ जस्ता बिम्ब गरेका थिए । सिधै चोर बन्न नमिलेकाले ‘मूर्ति हराएको’ भन्नुपरेको प्रधानमन्त्री ओलीको प्रष्टोक्ति थियो ।

कविताबाटै राजावादी गतिविधिको आलोचना गरेका प्रधानमन्त्रीले त्यस्तो अभियान नचल्ने विश्वास पनि व्यक्त समेत गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us