काठमाण्डू, ४ चैत– यस बर्षको माध्यामिक शिक्षा परिक्षा (एसईई) परिक्षमा हिमाली जिल्ला मनाङबाट ४६ जना विद्यार्थी सहभागी हुने भएका छन । आगामी ७ चैत ७ गतेदेखि सञ्चालन हुने एसईई परीक्षाका लागि परिक्षा केन्द्र सदरमुकाम चामेस्थित लोकप्रिय माविमा तोकिएको छ ।
परीक्षामा नियमिततर्फ ४१ र ग्रेडवृद्धितर्फ पाँच परीक्षार्थी सहभागी हुन लागेको शिक्षा समन्वय एकाइ मनाङका प्रमुख ध्रुवप्रसाद कोइरालाले जानकारी दिएका छन । चारवटा स्थानीय तह रहेको मनाङमा नार्पाभूमि गाउँपालिकाबाट कुनै पनि परीक्षार्थी छैनन् ।
उनका अनुसार नासोँ गाउँपालिकाको प्रकाशज्योति माविबाट २१, ङिस्याङ गाउँपालिकामा रहेको अन्नपूर्ण माविबाट चार, चामे गाउँपालिकामा रहेको लोकप्रिय माविबाट १६ जना परीक्षामा सहभागी हुँदैछन्। प्रकाशज्योति माविबाट दुई र लोकप्रिय माविबाट तीन जनाले ग्रेडवृद्धि परीक्षा दिन लागेका छन् ।