पद्मकन्यामा नेविसंघले दियो भुपी ऐरलाई आधिकारिकता

काठमाण्डु टुडे २०८१ चैत ३ गते १३:१३ मा प्रकाशित

काठमाण्डू, ४ चैत– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेस निंकट विद्यार्थी संगठन नेविसंघले पद्मकन्या क्याम्पसमा स्ववियु सभापतिको आधिकारिक उम्मेदवार भुपी ऐर भएको स्पस्ष्ट पारेको छ ।

निर्वाचन समितिले सोधेको प्रश्नको जवाफ दिँदै नेविसंघले ऐर सभापतिको आधिकारिक उम्मेदवार भएको जनाएको हो । पद्मकन्याको स्ववियु सभापतिका लागि नेविसंघका पूर्णिमाया परियार र भुपी ऐर दुई जनाले स्ववियु सभापतिका लागि उम्मेदवारी दर्ता गराएका थिए ।

त्यसपछि निर्वाचन समितिले नेविसंघ केन्द्रीय कार्यालयलाई पत्र लेखेर आधिकारिक उम्मेदवारबारे सोधेको थियो । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले निर्वाचन समितिलाई पत्र लेखेर भुपी ऐर आधिकारिक उम्मेदवार भएको जवाफ दिएका छन् ।

परियार पार्टी सभापति शेरबहादुर देउवा पक्षकी र ऐर महामन्त्री गगन थापा पक्षकी हुन् । परियारले नेविसंघबाट र ऐरले स्वतन्त्र समूह बनाएर उम्मेदवारी दर्ता गराएकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us