काठमाण्डू, ४ चैत– कैलालीको गेटा मेडिकल कलेज नजिकै मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बर्दगोरिया गाउँपालिका–४ का ३२ वर्षीय राजेन्द्र सुवेदी रहेको जिल्ला प्रहरी कार्यलय कैलालीले जानकारी दिएको छ ।
अत्तरिया–धनगढी ६ लेन सडकखण्ड अन्तरगत गेटा मेडिकल कलेज अगाडि आइतबार राति सुपप्र ०१००९ प १२५१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सुवेदीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले दुर्घटनामा गम्भीर घाइते भएका सुवेदीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जानकारी दिएका छन ।
उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमै राखिएको पनि उनले जानकारी दिएका छन । मोटरसाइकल पछाडि सवार बाजुराको बुढिनन्दा नगरपालिका–४ बस्ने २४ वर्षीय जनक रोकाया घाइते भएका छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।