कैलालीमा ५ दिनदेखि बेपत्ता युवक मृत भेटिए

काठमाण्डु टुडे २०८१ चैत ३ गते ११:१४ मा प्रकाशित

कैलाली, ४ चैत– कैलालीमा ५ दिनदेखि बेपत्ता रहेका एक युवक मृत अवस्थामा भेटिएका छन । गत २८ फागुन देखि बेपत्ता रहेका कैलालीको लम्कीचुहा नगरपालिका–१० चुहा बस्ने २९ बर्षीय अजय स्वर्णकार मृत अवस्थामा फेला परेका हुन ।

स्वर्णकार हिजो आइतबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय कैलालीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले स्वर्णाकार चुहाकै चिनी मिल अगाडि मृत भेटिएको जानकारी दिए । २८ गते घरबाट निस्किएका स्वर्णाकार सोही दिनदेखि बेपत्ता थिए ।

परिवारले स्वर्णाकारको खोजीका लागि भन्दै शनिबार मात्र इलाका प्रहरी कार्यालय लम्कीमा निवेदन दिएका थिए । सोही क्रममा स्वर्णाकार मृत भेटिएका थिए । उनको शव परीक्षणपछि परिवारले बुझेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us