काठमाण्डू, ३ चैत– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मनोगत आरोप लगाउनेलाई आरोप पुष्टि गर्न सांसदहरुलाई चुनौती दिएका छन् ।
आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ माथिको सैद्धान्तिक छलफलमा उठेका विषयको जवाफ दिँदा सांसदहरूले मनोगत आरोप लगाएको बताउँदै ती आरोप पुष्टि गर्न चुनौती दिएका हुन ।
अर्थमन्त्री पौडेलले भने, ‘सैद्धान्तिक छलफलमा केही मनोगत आरोप लगाउने काम भयो । सांसदहरूले सदनमा बोल्दा सत्य र तथ्यका आधारमा बोल्नुपर्छ भन्ने मेरो मान्यता छ । त्यो अनुसारका धारणा भएनन् कि मेरो बुझाइ छ ।’
उनले ३१ राजश्व वृद्धिको लक्ष्य लिएर बजेट प्रस्तुत गर्दा पनि न्यूनतम आवश्यकता परिपूर्ति गर्न गाह्रो भइरहेको बताए । ११ हजार योजनाको कार्यान्वयन सुनिश्चितता हुने अवस्था नरहेको उनले संसद्मा जानकारी दिए । विधेयक बजेट अनुशासनमा फर्किनका लागि ल्याइएको उनले बताएका छन ।