संसद्‌भित्र राजतन्त्रबारे छलफल गर्न पाइँदैन: एमाले सांसद पन्त

काठमाण्डु टुडे २०८१ चैत २ गते १५:४३ मा प्रकाशित

काठमाण्डू, ३ चैत– एमाले सांसद रघुजी पन्तले संसद्‌भित्र राजतन्त्रको विषयमा छलफल गर्न नपाइने बताएका छन । आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद पन्तले यस्तो बताएका हुन । उनले वर्तमान संविधानले गणतन्त्रलाई आत्मसाथ गरेकाले राजतन्त्र नचिन्ने पनि बताए ।

समयको मागसँगै गणतन्त्रको स्थापना भइसकेकाले राजतन्त्रको विषय इतिहासमा सीमित भएको उनले बताएका छन । एमाले सांसद पन्तले भने, ‘अहिलेको संविधानले राजतन्त्र चिन्दैन, त्यसैले त्यो विषमा संसदभित्र छलफल गर्न पाइँदैन, त्यसले गणतन्त्र मात्रै चिन्छ । राजतन्त्र इतिहासको विषय भइसक्यो ।’

सांसद पन्तले समयको प्रवाहसँगै विश्वका राजतन्त्रहरु समाप्त भएर गणतन्त्र स्थापना भएको पनि बताए । नेपालको इतिहासमा मल्ल, किरात, लिच्छवी वंशलगायतको राजतन्त्र भएको भन्दै अहिले पुनःस्थापनाका लागि किन शाह वंशको कुरा गरेको भन्ने उनको प्रश्न थियो । उनले भने, ‘संसारमा धेरै राजतन्त्र इतिहासको विषय हुन्छन् किनभने राजतन्त्र भनेको विशेष अधिकार हो । त्यसैले संसाको राजनीतिको प्रवाह गणतन्त्र हो ।

नेपालमा गणतन्त्र आउनु पथ्र्यो आयो, अब पुनःस्थापना भन्नेहरुलाई सोधौ न, किन शाह वंशकै राजतन्त्र चाहियो ?’ पन्तले भने, ‘यो भन्दा अघिको मल्ल वंश नल्याउने तिनको पनि हक लाग्ला ।

त्यो भन्दा अगाडिका लिच्छवी र किराँत किन नल्याउने ? त्यो भन्दा अघिका गोपालवंशी र महिशपाल वंशले किन पुनःस्थापनाको कुरा नगर्ने रु कुन राजतन्त्रको कुरा ? संसारको इतिहासमा थुप्रै राजतन्त्र आउँछन् जान्छन् यो समयको प्रवाह हो । गणतन्त्र आजको युगको सत्य हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us