केएसएलका सञ्चालक संग्रौलामाथि लागेको आरोपबारे छानबिन गर्न समिति गठन

काठमाण्डु टुडे २०८१ चैत २ गते १४:३६ मा प्रकाशित

काठमाण्डू, ३ चैत– काठमाण्डू स्कुल अफ ल (केएसएल)का कार्यकारी निर्देशक डा युवराज संग्रौला जोडिएको विद्यार्थीलाई दुर्व्यवहार गरिएको आरोपमा छानबिन गर्न समिति गठन भएको छ । पूर्वविद्यार्थीहरूले समेत यो घटनामा स्वतन्त्र छानबिन गर्न माग गरेपछि बसेको व्यवस्थापन समितिको बैठकले स्वतन्त्र छानबिन समिति गठन गर्ने निर्णय गरेको प्राध्यापक अञ्जनकुमार दाहालले जानकारी दिएका छन ।

व्यवस्थापन समितिको निर्णय अनुसार, पूर्वजिल्ला न्यायाधीश डा. श्रीकृष्ण भट्टराईको संयोजकत्वमा वरिष्ठ पत्रकार तीर्थ कोइराला र अधिवक्ता सीमा धामी सदस्य रहेको समिति बनाइएको प्राध्यापक दाहालले जानकारी दिए ।

केएसएलले आइतबार गरेको पत्रकार सम्मेलनमा प्राध्यापक दाहालले यो समितिलाई ‘तटस्थ जाँचबुझ समिति’ भनेका छन् र यसको सदस्य सचिव कलेजको आन्तरिक उजुरी तथा गुनासो समितिका संयोजक हुने भनेका छन् । समितिलाई १५ दिनभित्र उजुरीबारे छानबिन गरेर व्यवस्थापन समिति समक्ष राय पेश गर्न भनिएको उनले बताएका छन् ।

‘समितिलाई प्राप्त निवेदनहरूमाथि छानबिन गर्ने, सम्बन्धित व्यक्तिहरूसँग सोधपुछ गरेर तथ्य प्रमाण बुझ्ने र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ’, उनले भने । पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक संग्रौलाले पनि आफूले स्वतन्त्र छानबिनलाई सहयोग गर्ने बताए उनले समिति गठन भइसकेको र त्यसमा कलेजका व्यक्तिहरू नभएको भन्दै अगाडि भने, ‘उहाँहरूले सोधेको कुरा मलाई जानकारी दिने अधिकार छ, केही दर्जन विद्यार्थीले गरेको (दुर्व्यवहार) छ भनेको छ त्यो भए कलेजमा अहिले ११०० विद्यार्थी छन्, उनीहरूलाई पनि सोध्नुपर्छ ।’

कलेजको पाँचौ वर्षमा अध्यनरत् एक विद्यार्थीले संग्रौलाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत एक विद्यार्थीले पूर्वमहान्यायाधिवक्ता समेत रहेका संग्रौलाले कलेजमा छात्राहरूसँग यौनजन्य टिप्पणी र महिलाको शरीरबारे अपमानजनक शब्द प्रयोग गर्ने गरेको सार्वजनिक गरेको र आफूले कलेजमा विद्यार्थीबारे हुने दुर्व्यवहारमाथि छानबिन गर्न माग गर्दै निवेदन दिएपनि सुनुवाइ नभएको उनको जिकिर थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us