काठमाण्डू, ३ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम साहले सेन्सर बोर्डका सदस्यहरुको योग्यतामाथि प्रश्न उठाउँदै राजनीतिक नियुक्ति पाएकाहरुलाई पदमुक्त गर्न माग गरेका छन ।
आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपा सांसद साहले यस्तो बताएका हुन । उनले चलचित्र समाजको ऐना भएको उल्लेख गर्दै सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने काम गरेको समेत आरोप लगाएका छन ।
उनले चलचित्रमा अनावश्यक कैँची चलाउँदा सरकारको आयु पनि काटिने भन्दै होस् गार्न चेतावनी दिए। उनले चलचित्रकर्मीहरुको सेन्सरसिप विरुद्धको आन्दोलनमा ऐक्यवद्धता पनि जनाए । उनले भने,‘चलचित्र समाजको ऐना हो ।
त्यही समाजका कुरा चलचित्रमा व्यक्त गर्न सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने काम गरिरहेको छ । सेन्सरबोडमा राजनीतिक नियुक्ति पाएका सबै ननसेन्सरसदस्यहरुलाई पदमुक्त गरि चलचित्र बुझेका मान्छेलाई नियुक्त गर्न म सरकारसँग माग गर्दछु ।
र यसरि यसरि फिल्ममा अनावश्यक कैँची चलाउँदा सरकारको आयु पनि त्यही कैँचीले काटिएला होस् गर्न आग्रह गर्दछु ।’