रास्वपाको सचिवालय बैठक बस्दै

काठमाण्डु टुडे २०८१ चैत २ गते १२:२२ मा प्रकाशित

काठमाण्डू, ३ चैत– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । सचिवालयको बैठक आज अपराह्न ४ बजे रास्वपा मुख्यालय बनस्थलीमा बस्ने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन ।

कार्यवाहक प्रवक्ता झाका अनुसार बैठकमा पार्टी गतिविधि र समसामयीक राजनीति, आगामी कार्यक्रमसम्बन्धी प्रस्तावित प्रतिवेदन, केन्द्रीय समितिको विस्तारित बैठकसम्बन्धी प्रस्तावलगायतका एजेन्डा रहेका छन् ।

यसका साथै पार्टी नियमित गतिविधिबारे छलफल गर्नुका साथै अघिल्लो बैठकहरूको समीक्षासमेत हुने झाले जानकारी दिएका छन

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us