काठमाण्डू, ३ चैत– काठमाण्डूको चन्द्रागिरि नगरपालिकामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । नगरपालिकाको वडानम्बर ८ स्थित निर्माणाधीन पार्कमा बनेको पोखरीमा डुबेर सल्यानको कालीमाटी गाउँपालिका–४ की ५ वर्षीया पूर्णिमा थापाको मृत्यु भएको प्रहरीले जानकारी दिएएको छ ।
पोखरीमा डुबेको फेला परेपछि बालिकाका बुवा घनश्यामले तत्काल बलम्बुस्थित एपीएफ अस्पताल उपर्याएका थिए । बालिकाको उपचारकै क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।