काठमाण्डू, २ चैत– पूर्व मन्त्री समेत रहेका नेकपा एमालेका नेता महेश बस्नेतले भक्तपुरको विकास स्यालको सिंह हराएजसरी हराएको भन्दै टिप्पणी गरेका छन ।
पछिल्लो निर्वाचनमा भक्तपुर २ बाट नेपाली कांग्रेसका दुर्लभ थापासँग पराजित बस्नेतले आफू सांसद् हुँदा थालनी गरेको विकासका कामले निरन्तरता नपाएको पनि उनको दाबी छ ।
आज (शनिबार) काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले यस्तो बताएका हुन । एमाले नेता बस्नेतले भने, ‘भक्तपुरबाट जितेका नेताले संसद्मा बोलेको सुनेको छैन ।
नयाँ बजेट ल्याउने कुरा त परै जाओस्। हाम्रो भौतिक विकास स्यालको सिंह हराएजसरी हरायो ।’ नेता बस्नेतले अगाडि उनले भने, ‘म अहिले धेरै आफ्नो क्षेत्रमा डुल्ने गर्छु। तपाईंलाई नजिताएर गल्ती गरिएछ भन्छन् मलाई भोट नदिएकाहरूले पनि। मैले मलाई फरक पर्दैन भनेको छु ।’