काठमाण्डू, २ चैत– काठमाण्डूको तीनकुनेमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।
तीनकुनेस्थित गैरीगाउँ पेट्रोल पम्प अगाडि रा१ख २६२२ नम्बरको टिपरले टिपरले प्र३–०२–००३ प ६२४५ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ४ बजेतिर ठक्कर दिएको थियो ।
दुर्घटनामा काभ्रेको पनौती नगरपालिका–११ का २६ वर्षीय सुकराम तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।
प्रहरीका अनुसार मोटरसाइकलमा सवार काभ्रेको बेथानचोक गाउँपालिका–६ का ३० वर्षीय रमेश तामाङको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ठक्कर दिएर भागेको टिपर त्रिभुवन विमानस्थल भन्सार कार्यालयको कार्गो भवन बाहिर भेटिएको छ ।
चालक फरार रहेको र उनको खोजी भएरहेको एसपी बोहराले बताए ।