मोहना नदीमा डुबेर दुई किशोरको मृत्यु

काठमाण्डु टुडे २०८१ चैत १ गते ११:११ मा प्रकाशित

कैलाली, २ चैत– कैलालीस्थित मोहना नदीमा नुहाउन गएका दुई किशोरको डुबेर मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–१९ फुलबारी गाउँस्थित मोहना नदीमा नुहाउने क्रममा शुक्रबार दुई दुई किशोरको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
कैलाली प्रहरीका डिएसपी कविन्द्र बोहराले मृत्यु हुनेमा स्थानीय १५ वर्षीय आशिष ओझा र १६ वर्षीय दिनेश ओझा रहेको जानकारी दिए । उनीहरु नाताले नजिकका दाजुभाई हुन् ।

चार किशोरसँगै पौड खेल्न गएकामा १६ वर्षीय करणसिंह धामी र १५ वर्षीय आदर्श पुजारा सकुशल छन् । ओझाद्वय नदीमा डुबेपछि धामी र पुजाराले प्रहरी र स्थानीयलाई खबर गरेका थिए । खोजी गर्ने क्रममा शुक्रबार साँझ उनीहरु मृत फेला परेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us