काठमाण्डू, १ चैत– पूर्व मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनालाई कसैले रोक्न नसक्ने बताएका छन ।
आज (शुक्रबार) मिडिया नेपालको वार्षिकोत्सवका अवसरमा काठमाण्डूमा आयोजित कार्यक्रममा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन । उनले देश अहिले चौबाटोमा पुगिसकेको भन्दै अहिलेको घटनाक्रम हेर्दा नेपालमा राजसंस्था र हिन्दु राष्ट्रको पुनर्स्थापनालाई कसैले रोक्न नसक्ने बताएका हुन ।
उनले भीडले नेताहरूलाई विस्थापित गरेर वा राजनीतिक दलहरूको बिचमा सहमति कायम गरेर राजसंस्था र हिन्दु राष्ट्रको पुनर्स्थापनालाई हुने भन्दै आफूहरू दलहरू सबै अटाउने प्रजातन्त्रसहितको राजसंस्थामा सहमति कायम गरेर अघि बढ्नुपर्छ भन्ने पक्षमा रहेको पनि बताएका हुन ।
अध्यक्ष लिङ्देन पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा आफूहरूले अहिलेसम्मै ठुलो जनसागर देखिएको दाबी पनि गरेका छन ।