राजावादीलाई प्रचण्डले भनेः इँटको जवाफ पत्थरले दिन्छौं

काठमाण्डु टुडे २०८१ फागुन ३० गते १६:३२ मा प्रकाशित

काठमाण्डू, १ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इँटको जवाफ पत्थरबाट दिइने बताएका छन । आज शुक्रबार सिन्धुपाल्चोकको मेलम्ची नगर समितिको सम्मेलन उद्घाटनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।

उनले राजावादीहरूको पछिल्लो घटनाक्रमतर्फ इंगित गर्दै यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डले भने, ‘इँटको जवाफ पत्थरले दिन माओवादी केन्द्र तयार छ ।’ उनले सोही जवाफ अन्तर्गत आगामी चैत १५ गते काठमाण्डूमा प्रदर्शनको कार्यक्रम आयोजना गरिएको र त्यहाँ उपस्थित हुन सबैलाई आग्रह समेत गरेका छन ।

प्रचण्डले भने, ‘जुन नौटंकि देखाइँदैछ, राजा महाराजाको बारेमा, राजावादीहरूले देशलाई कहाँ पुर्‍यायो ?’ प्रचण्डले भने, ‘आफ्नै वंश मास्नेले अहिले फेरि धाक लगाउन मिल्छ रु सुन तस्कर को हो ? नेपाली जनताले बिर्सियो भन्ठानेको ?’

उनले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फाइल खोलेर त्यसका दोषीहरूलाई ठेगान लगाउने म आफूलाई रहेको पनि उल्लेख गरे । ‘भाईमारा र देशद्रोहीहरूलाई ठेगान लगाउने मन थियो,’ प्रचण्डले भनेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us