१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सशस्त्रका सइ पक्राउ

काठमाण्डु टुडे २०८१ फागुन ३० गते १५:४६ मा प्रकाशित

काठमाण्डू, १ चैत– महोत्तरीको रेल्वे स्टेशनस्थित सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक (सई) १० बर्षीय बालीकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।

रेल्वे स्टेशनस्थित सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पका सशस्त्र प्रहरी नायब निरीक्षक धर्मेन्द्र महतोलाई पक्राउ गरिएको महोत्तरीका एसपी नकुल पोखरेलले जानकारी दिएका छन ।

महतोमाथि १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोप रहेको पनि प्रहरीले जनाएको छ । एसपी पोखरेलका अनुसार मर्निङवाकमा जाँदा महतोले अश्लिल शब्द बोलेको र सोही घटनालाई लिएर दिउँसो बालिकाका बुवा सोधपुछ गर्न सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पमा पुगेका थिए ।

पछि विवादले उग्ररुप लिँदै गएपछि स्थानीयले नाराबाजी गर्दै कारबाहीको मागसहित बेस क्याम्प घेराउ गरेका थिए । स्थानीयले कारबाहीको माग गरेपछि आरोपित महतोलाई सशस्त्र प्रहरीले नै पक्राउ गरेर अनुसन्धानका लागि जनपद प्रहरीलाई बुझाएको छ ।

बालिकालाई जबरजस्ती करणी गरेको भन्दै स्थानीयले सशस्त्र प्रहरी पोस्ट घेराउ गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us