नुवाकोटको आर्दश बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित, स्ववियु निर्वाचन र पठनपाठन सञ्चालन गर्न एमाले निकट अनेरास्ववियुको माग

काठमाण्डु टुडे २०८१ फागुन ३० गते १५:५९ मा प्रकाशित

विदुर, १ चैत– आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको बिषयलाई लिएर नुवाकोटको आर्दश बहुमुखी क्याम्पस प्रशासनले स्ववियु निर्वाचन र पठनपाठन बन्द गर्ने गरी गरेको गैरजिम्मेवार निर्णय प्रति एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले आपत्ति व्यक्त गरेको छ ।

विद्यार्थीको शैक्षिक अधिकार कुण्ठित गर्ने र स्ववियु जस्तो लोकतान्त्रीक संस्थाको मर्यादा मिच्चने काम भईरहेको भन्दै अनेरास्ववियु नुवाकोटले घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै आपत्ति व्यक्त गरेको हो । अनेरास्ववियु नुवाकोट जिल्ला कमिटीका अध्यक्ष फैसलदिनले आज (शुक्रबार) एक विज्ञप्ती जारी गर्दै क्याम्पसको उक्त हर्कत प्रति आपत्ति व्यक्त गरेका हुन ।

अध्यक्ष दिन द्धारा जारी गरीएको विज्ञप्तीमा भनिएको छ, ‘ क्याम्पस प्रशासनले विद्यार्थीहरुलाई आवाश्यक सुविधा दिनुको सट्टा स्ववियु निर्वाचननै स्थगित गर्ने निर्णय गर्नु सर्वथा अनुचित हो ।

यो निर्णय लोकतान्त्रीक प्रक्रिया र समग्र विद्यार्थीको हितविपरीत भएकाले तुरुन्त फिर्ता लिन माग गर्दछौ । , ‘ यदि तत्काल स्ववियु निर्वाचन तथा पठनपाठन सञ्चालन गर्न पहल नगरिए भविष्यमा आइपर्नै सम्पूर्ण जिम्मेवारी क्याम्पस प्रशासन स्वयंमले व्यहोर्नुपर्ने छ ।’ साथै अध्यक्ष दिनले क्याम्पसका सम्पूर्ण विद्यार्थीहरुलाई एकताबद्ध भएर क्याम्पस प्रशासनले गरेको अन्यायविरुद्ध लड्न समेत आग्रह गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us