काठमाण्डू, १ चैत– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको कोहलपुरमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जिपले पैदल यात्रीलाई ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ ।
प्र २०३ ००१ च ३९९२ नम्बरको जिपको ठक्करबाट शुक्रबार कोहलपुर नगरपालिका–१५ का ६० वर्षीय अटवारी थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक दीपक पातलीले जानकारी दिएका छन ।
सडक छेउमा पैदल यात्रा गरिरहेका थारूलाई जिपले ठक्कर दिएको र जिप चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । साथै उक्त घटनबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।