मुख हेरेर होइन, तथ्य प्रमाण हेरेर अनुसन्धान हुन्छ: गृहमन्त्री लेखक

काठमाण्डु टुडे २०८१ कार्तिक १४ गते १८:१७ मा प्रकाशित

काठमाण्डु, १४ कात्तिक– गृहमन्त्री रमेश लेखकले आफ्नै पार्टीका उपसभापति धनराज गुरुङमाथि पनि अनुसन्धान हुने जानकारी दिएका छन । आज बुधबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन ।

उनले मुख हेरेर होइन, तथ्य प्रमाण हेरेर अनुसन्धान हुने बताएका छन । उनले भने, ‘धनराजजीमाथि पनि अनुसन्धान हुन्छ, छानबिन हुन्छ, ‘यदि तथ्य प्रमाणले उहाँले गैरकानुनी काम गरेको देखियो भने उहाँमाथि कारबाही हुन्छ ।’

उनले संसदीय छानबिन समितिको सिफारिस अनुसार पूर्वगृहमन्त्री रवि लामिछानेमाथि छानबिन भइरहेको पनि बताएका छन । कारबाही सिफारिस भएकामध्ये कुमार रम्तेल जेलमा रहेको भन्दै उनले भने, ‘रविजी र छविजी (पूर्व डीआईजी छविलाल जोशी) माथि अनुसन्धान अगाडि बढाएको हो ।’ उनले अगाडि भने, ‘एक जना व्यक्ति विशेषमा केन्द्रित भएको होइन ।

सहकारीको रकम हिनामिनामा धेरै मानिस काराबाही परेका छन् । केही मानिस न्यायिक हिरासतमा हुनुहुन्छ ।’ पक्राउ पूर्जी जारी भएकाहरुको प्रहरीले खोजी गरिरहेको समेत उनले बताए । लाखौं मानिसको अर्बौं अपचलन भएको भन्दै गृहमन्त्री लेखकले बचत फिर्ता गर्ने र ठगी गर्नेहरुलाई कारबाही गर्ने सुनिश्चिता गर्न सरकार लागेको उनले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेमाथि दुव्यर्वहार भएको विषयमा सोधिएको प्रश्नल उनले आफूले पनि सुनेपछि सम्बन्धित निकाय निकायसँग जानकारी लिएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us