कांग्रेसद्वारा महामन्त्री शर्माको संयोजकत्वमा स्थानीय तह उपनिर्वाचन संयोजन समिति गठन

काठमाण्डु टुडे २०८१ कार्तिक १४ गते १७:४३ मा प्रकाशित

काठमाण्डु, १४ कात्तिक– कांग्रेसले आगामी १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचन– २०८१ केन्द्रीय संयोजन समिति” गठन गरेको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधवार विज्ञप्ति जारी गर्दै पार्टी महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा सभापति शेरबहादुर देउवाले समिति गठन गरेको जानकारी दिएका छन ।

सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम पार्टीका महामन्त्री श्री विश्वप्रकाश शर्माको संयोजकत्वमा देहाय बमोजिम सदस्यहरू रहनुभएको ‘स्थानीय तह उपनिर्वाचन—२०८१ केन्द्रीय संयोजन समिति’ गठन गर्नुभएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us