काठमाण्डु, १४ कात्तिक– त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलका लागि व्यापक रुपमा प्रहरी परिचालन गरीएको छ ।
आज साँझ १८ः ३० बजे नेपाल र बंगलादेशबीच फाइनल खेल हुँदै छ । उक्त खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमेत रंगशाला जाने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
खेल हुने स्थान दशरथ रंगशाला र आसपासमा सुरक्षाको राम्रो व्यवस्था गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिएका छन ।
उनले विभिन्न कोणबाट सुरक्षा विश्लेषण गर्दै सोही अनुसार सुरक्षाकर्मी परिचालन गरीएको जानकारी दिएका छन । उनले भने, ‘हामीले सुरक्षाका विभिन्न कोणबाट विश्लेषण गरेर सुरक्षाकर्मी तैनाथ गरेका छौ’, जिल्ला सुरक्षा समितिसहित अन्य पक्षसँग समेत छलफल र समन्वय गरेर तयारी भएको छ ।’ त्यस्तै उनले रंगशालाको गेट, प्याफिट, खेल मैदान सवैतिर फरक फरक टोली खटाइएको पनि जानकारी दिएका छन ।