तत्काल एमाले र माओवादीबिच एकता सम्भव छैनः उपाध्यक्ष ज्ञवाली

काठमाण्डु टुडे २०८१ कार्तिक १४ गते १६:०२ मा प्रकाशित

काठमाण्डु, १४ कात्तिक– एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले तत्काल एमाले र माओवादी केन्द्रबिच एकता सम्भव नरहेको बताएका छन । आज बुधबार काठमाण्डुमामा भएको ‘नेकपा कम्युनिस्ट पार्टीको ७५ वर्ष र आगामी कार्यभार’ विषयक अन्तर्क्रियामा बोल्दै एमाले उपाध्यक्ष ज्ञवालीले यस्तो बताएका हुन ।

उनले दुई पार्टीबिच अहिले तत्काल एकता असम्भव भएको बताएका हुन् । उनले भने, ‘अहिले माओवादी र एमालेबिच एकता सम्भव छैन । तत्काल एमालेसँग एकता सम्भव छैन तर भविष्यमा हुँदै हुँदैन भन्ने हुँदैन ।

एकता हुन सक्छ । अहिले जोजोसँग एकता सम्भव छ गर्नुपर्छ । एमालेले त एकल बहुमत ल्याउने तयारीमा छ । प्रचण्डजी पनि एकल बहुमत ल्याउने तयारीमा छन् ।’

ज्ञवालीले कम्युनिस्टहरूले अहिले चुनावबाटै जित्ने रणनीति बनाउनु पर्नेमा जोड दिएका छन । तर सत्तामा गएपछि कसले कहाँकहाँ गल्ती गरेका छन्, त्यसमा गम्भीर समीक्षा गर्नुपर्ने उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us