सुनजस्तो देखिने धातुसहित पक्राउ

काठमाण्डु टुडे २०८१ कार्तिक १४ गते १५:३१ मा प्रकाशित

काठमाण्डु, १४ कात्तिक– प्रहरीले बुटवल उपमहानगरपालिका–८ रामनगरबाट करिब ३० तोला तौलको बिस्कुट आकारको सुन जस्तो देखिने धातु २ थानसहित एक जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कपिलवस्तु वाणगंगा नगरपालिका–८ चप्परगाउँ बस्ने ३३ वर्षीय अकबर अलि मिया रहेका छन । मियालाई सोमबार राति पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले कृष्णनगर कपिलवस्तुबाट काठमाण्डुतर्फ आउँदै गरेको लु.२ ख ६५४२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसको अगाडी बनोट माथि सोही बसका सहचालक अकबरको झोलाभित्र रहेको उक्त तौलको धातु फेला पारी पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरीरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us