नेपाली समाजलाई फेक न्युजबाट बचाऔँः उपप्रधानमन्त्री सिंह

काठमाण्डु टुडे २०८१ कार्तिक १४ गते १४:२६ मा प्रकाशित

काठमाण्डु, १४ कात्तिक– उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली समाजलाई फेक न्युजबाट बचाउनुपर्ने बताएका छन ।

आज बुधबार नेपाल टेलिभिजन कर्मचारी सङ्घको आयोजनामा दीपावली, नेपाल संवत् र छठको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले फेक न्युजलाई रोक्न जिम्मेवार सञ्चारमाध्यमहरूले भूमिका खेल्नुपर्ने बताएका हुन ।

उपप्रधानमन्त्री सिंहले भने, ‘आफ्नो पेसाबाट तपाईंहरुले नेपालका समाजलाई फेक न्युजबाट होइन की सत्य समाचारबाट सूचित गर्नुस् । फेक न्युजबाट नेपाली समाजलाई जोगाउन भूमिका खेल्नुस् ।

त्यस्तै, उनले अहिले व्यवस्था बदलियो अवस्था उस्तै छ भनेर गलत भाष्य स्थापित गर्ने प्रयास भइरहेको भन्दै व्यवस्था परिवर्तनसँगै अवस्था पनि परिवर्तन भएको बताएका छन । उनले भने, ‘पहिला एउटा टेलिभिजन थियो, अहिले कति वटा छ ?

पहिला एउटा एयरलाइन्स थियो, अहिले कति छ ? बैङ्कहरू पहिले कति थियो अहिले कति छ ? पहिला इन्जिनियरिङ कलेज एउटा थियो, अहिले कतिवटा भइसक्यो ?’ कोही आएर केही भनिदिए हुने रु कमन सेन्स प्रयोग गर्न नपर्ने ?’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us