काठमाण्डु, १४ कात्तिक– सल्यानमा ट्रक दुर्घटना हुँदा ट्रकमा सवार ४ जनाको मृत्यु भएको छ । सोमबार भएको दुर्घटनामा गम्भीर घाइते भएका चालक सोही ठाउँ बस्ने २४ वर्षीय मान बहादुर भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा, ट्रकमा सवार १३ वर्षीया सिर्जना बस्नेतको स्वास्थ्य चौकी कपुरकोटमा, १४ वर्षीय गोबर्धन खड्का र १२ वर्षीय डिल्ली भण्डारीको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
कपुरकोट गाउँपालिका–६ सिङबाङस्थित सडकमा दुबेदेबाट छापनेटातर्फ जाँदै गरेको रा.१ ख २४०२ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै दुर्घटनामा घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।