काठमाण्डु, १४ कात्तिक– भारतको सुरतमा पटका पड्काउँदा दैलेखका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा आठबिस नगरपालिका–३, साई गाउँ दैलेखका १३ वर्षीय भूपेन्द्र कठायत रहेका छन ।
दीपावलीको पट्का कठायतको मृत्यु भएको हो । भूपेन्द्रले रकेट बम नामको पट्का पड्काउँदा त्यसको छर्रा दायाँ छातीमा लागेको थियो । छर्रा मुटुमा लाग्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
भूपेन्द्र आफ्ना परिवारसँग भारतको गुजरात प्रान्तको सुरत जिल्लामा बस्दै आएका थिए । सुरतमा उनका परिवार मजदुरी गर्दै आएका थिए ।