रेड पाण्डाको छालासहित एक जना पक्राउ

काठमाण्डु टुडे २०८१ कार्तिक १४ गते १२:१९ मा प्रकाशित

काठमाण्डु, १४ कात्तिक– प्रहरीले काठमाण्डुबाट रेड पाण्डाको छालासहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ वरेङ गाउँपालिका–३ घर भई काठमाण्डुको स्वयम्भू बस्ने ४५ वर्षीय तारा थापा रहेको प्रहरीले जानकारी दिएको छ ।

उनलाई मंगलबार दिउँसो प्रहरी वृत्त महाराजगंज र प्रहरी प्रभाग गोंगबुले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । रेड पाण्डाको छाला किनबेच हुन लागेको भन्ने सूचनाका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकामाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us