तीन महिनामा २७ हजारभन्दा बढी विद्यार्थीले लिए वैदेशिक अध्ययन अनुमतिपत्र, पहिलो रोजाइ जापान

काठमाण्डु टुडे २०८१ कार्तिक १३ गते १७:२५ मा प्रकाशित

काठमाण्डु, १३ कात्तिक– चालु आर्थिक वर्षको असोज मसान्तसम्म २७ हजार ७२७ नेपाली विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र लिएका छन ।

वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीको पहिलो रोजाइ जापान भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको तथ्याङ्कमा उल्लेख गरीएको छ । जापानमा अध्ययनका लागि जान ९ हजार ६३८ जनाले अनुमतिपत्र लिएका छन् ।

दोस्रो नम्बरमा संयुक्त अधिराज्य (बेलायत) रहेको छ । ५ हजार ४५३ जना नेपाली विद्यार्थीले तीन महिनाको अवधिमा संयुक्त अधिराज्यका लागि अध्ययन अनुमतिपत्र लिएका छन् ।

गत साउनदेखि असोज मसान्तसम्म वैदेशिक अध्ययन अनुमतिपत्र लिएको आधारमा अमेरिका नेपाली विद्यार्थीहरूको तेस्रो आकर्षक गन्तव्य बनेको छ ।

अमेरिकाका लागि ३ हजार ६४ जनाले समीक्षा अवधिमा अध्ययन अनुमतिपत्र लिएका छन् । यस्तै, अस्ट्रेलियाका लागि २ हजार २६२, भारतका लागि एक हजार ४४७, दक्षिण कोरियाका लागि ९९४, क्यानडाका लागि ९११, फ्रान्सका लागि ५१९ जनाले अध्ययन अनुमतिपत्र लिएको मन्त्रालय द्धारा जारी गरीएको तथ्याङ्कमा उल्लेख गरीएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us