मुद्दा जिताइ दिने भन्दै एक करोड २८ लाख ठग्ने एक जना पक्राउ

काठमाण्डु टुडे २०८१ कार्तिक १३ गते १६:५२ मा प्रकाशित

काठमाण्डु, १३ कात्तिक– प्रहरीले मुद्दा जिताइ दिने भन्दै एक करोड २८ लाख ठग्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर बस्ने ४५ वर्षीय रवीन्द्र महर्जन रहेका रहेको प्रहरील जानकारी दिएको छ ।

महर्जनले काठमाण्डु–निजगढ (फास्टट्रयाक) द्रुत मार्ग टेण्डरमा सहभागी हुने क्रममा भएको निर्णय उपर उच्च अदालतमा विचाराधीन रहेको मुद्दा जिताई दिन्छु भनि रकम माग गरेको र रकम नदिएमा मुद्दा हराई दिने धम्की समेत दिएर एक करोड २८ लाख ठगेको काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

उनीमाथि थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डु पठाइएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us