काठमाण्डू, ११ असोज- मुग्लिन-नारायणगढ सडकखण्डमा शुक्रबार र शनिबार राति सवारी साधन चलाउन रोक लगाइएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शुक्रबार साँझ ७ बजेदेखि शनिबार बिहान ५ बजेसम्म सवारी साधन चलाउनमा रोक लगाइएको जानकारी दिए । विपद् प्राधिकरणको निर्देशनअनुसार उक्त कदम चालिएको उनले बताए । निरन्तरको वर्षातका कारण बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै सो निर्णय गरिएको यादवले बताए ।